एमालेको अवरोध कायमै, ८ मिनेट बसेर सकियो संसद् बैठक

नेपालभ्युज

एमालेको अवरोध कायमै, ८ मिनेट बसेर सकियो संसद् बैठक
फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक ८ मिनेट बसेर सकिएको छ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुरका कार्कीले प्रधानमन्त्रीबाट पेश गरिने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन सदनमा पेश गरे। नेकपा (एमाले) को अवरोधबीच पनि सभामुख अग्नि सापकोटाले संसद्को कार्यसूची बढाएका थिए।

आफ्नो पार्टीबाट अलग्गिएर गएका १४ जनालाई कारबाही नगरेसम्म एमालले संसद्मा अवरोध गर्दै आएको छ। योसहित एमाले लगातार १० वटा संसद् बैठकमा अवरोध गरिसकेको छ।

अब २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी संसद स्थगित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved