गठबन्धनभित्र जुट्यो मन्त्रालय भागबण्डामा सहमति

प्रधानमन्त्री निवास बालुवाटामा बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले मन्त्रालयको टुंगो लगाएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

नेपालभ्युज

गठबन्धनभित्र जुट्यो मन्त्रालय भागबण्डामा सहमति
फाइल तस्वीर

काठमाडौं। मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेपिरहेको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबण्डा टुंग्याएको दाबी गरेको छ ।

आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले मन्त्रालयको टुंगो लगाएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागेको बताएका मन्त्री कार्कीले कसले कुन मन्त्रालय पाए भन्ने खुलाएनन्।

यसअघि सत्तारुढ दलहरूको बीचमा कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र माओवादी केन्द्र, नेकपा एस र जसपाले पाँच पाँच मन्त्रालय तथा एक एक राज्यमन्त्री पाउने गरी सहमति भएको थियो ।

गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेकपा एसको स्थायी समिति बैठक बसिरहेको छ ।

माओवादी केन्द्रले पनि आज दिउँसो स्थायी समिति बैठक बोलाएको छ। यता जसपाका शीर्ष नेताहरू पनि मन्त्री टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved