बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।

नेपालभ्युज

बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। आज नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ३०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved