ट्याक्सी वेबाटै चिप्लियो श्री एयरलाइन्सको जहाज

त्रिभुवन विमानस्थलबाट नेपालगञ्ज जानका लागि यात्रुहरु राखेर उड्ने तयारीमा रहेको जहाज घाँसे मैदानतर्फ मोडिएपछि सबै यात्रुलाई जहाजबाट बाहिर निकालिएको छ।

नेपालभ्युज

ट्याक्सी वेबाटै चिप्लियो श्री एयरलाइन्सको जहाज

काठमाडौं। श्री एयरलाइन्सको एउटा जहाज विमानस्थलको ट्याक्सी वेबाटै चिप्लिएको छ। मंगलबार करीब ८० जना यात्रु लिएर नेपालगञ्ज उड्न लागेको जहाज ट्याक्सी वेबाटै चिप्लिएको हो।

त्रिभुवन विमानस्थलबाट नेपालगञ्ज जानका लागि यात्रुहरु राखेर उड्ने तयारीमा रहेको जहाज घाँसे मैदानतर्फ मोडिएपछि सबै यात्रुलाई जहाजबाट बाहिर निकालिएको छ। प्राविधिक समस्याका कारण जहाज चिप्लिएको बताइएको छ।

श्रीको जहाज पार्किङबाट ट्याक्सी वेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको बताइएको छ। चिप्लिएको जहाजमा कुनै क्षति नभए पनि जहाजको पांग्रा भने ट्याक्सि वेबाट बाहिर गएको छ ।

उक्त जहाज क्याप्टेन महेश्वरी डंगोलले उडाइरहेकी थिइन्। उक्त जहाजमा नेपालगञ्ज जान लागेका यात्रुलाई अर्को जहाजमार्फत पठाउन लागिएको विमानस्थल स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved