आईपीएल क्रिकेट

चेन्नईमाथि जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्यो दिल्ली

दिल्लीले १३ खेलमा २० अंक जोडेको छ। चेन्नई १८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

नेपालभ्युज

चेन्नईमाथि जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्यो दिल्ली

काठमाडौं। इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्समाथि जित निकालेको छ। गएरातिको खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनायो। उसका लागि अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ खेल्दा रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए।

दिल्लीका लागि अक्षर पटेलले २ विकेट लिए।

१३७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि शिखर धवनले ३९ तथा शिम्रन हिटमायरले अविजित २८ रनको योगदान गरे।

दिल्लीका पृथ्वी श र रिपल पटेलले समान १८/१८ रन जोडे। चेन्नईका लािग रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए।

चेन्नईमाथिको जितसँगै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले १३ खेलमा २० अंक जोडेको छ। चेन्नई १८ अंकसहित दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved