परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
फाइल तस्वीर

काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने विषयमा नेपालमा दलहरू बीच विवाद भइरहँदा अमेरिकी राजदूत  र्‍यान्डी बेरी र परराष्ट्र मन्त्री डा नारायण खड्काबीच भेटघाट भएको छ। नेपालकालागि अमेरिकी राजदूत बेरीले परराष्ट्र मन्त्री डा खड्कासँग भेट गरेका हुन् ।

भेटमा राजदूत बेरीले परराष्ट्र मन्त्री खड्कालाई नयाँ जिम्मेवारीको लागि बधाई दिए । नेपाल र अमेरिका बिचको बलियो तथा सुमधुर मित्रताको लागि प्रतिबद्धता  व्यक्त गरेका परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा विश्वका लोकतन्त्रहरूको संरक्षण तथा दुवै देशलाई अत्यन्तै प्रभावित गरेको जलवायु परिवर्तन लगायत द्वीपक्षीय चासोका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved