ईपीएल क्रिकेट

चितवन टाइगर्सको पहिलो हार, काठमाडौंको प्लेअफ सम्भावना कमजोर

अब काठमाडौंले प्लेअफ पुग्नका लागि भोलि हुने खेलमा भैरहवालाई हराउनै पर्ने भएको छ। तर, काठमाडौं हारेको अवस्थामा ललितपुर प्लेअफ पुग्नेछ।

नेपालभ्युज

चितवन टाइगर्सको पहिलो हार, काठमाडौंको प्लेअफ सम्भावना कमजोर

काठमाडौं। एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटमा चितवन टाइगर्सले पहिलो हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबारको पहिलो खेलमा चितवन भैरहवा ग्लाडियटर्ससँग पराजित भएको हो।

लगातार ४ खेल जितेको चितवन लिग चरणको आफ्नो अन्तिम खेलमा भैरहवासँग ६ विकेटले पराजित भएको हो।

टस जितेर पहिले ब्यािटङमा आएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो। उसका लागि करिम जन्नतले ३५ रन बनाए।
भैरहवा अभिनास बोहराले ३ विकेट लिए।

१६५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रिएको भैरहवाले १३ बल बाँकी छँदै ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो। उसका लागि ओपनर प्रदीप ऐरीले ७२ तथा तमिम इकबालले ४० रन बनाए।

क्वालिफायरमा पुगिसकेको चितवनमाथिको जितपछि भैरहवा ४ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। एक खेल बाँकी रहँदै प्लेअफमा पुगेको भैरहवाको क्वालिफायर सम्भावन पनि बाँकी छ।

यस्तै, सोमबारको दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौ किंग्स ११ लाई डक वर्थ लुइस नियमका आधारमा १४ रनले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रनमा समेटियो। उसका लागि अमित श्रेष्ठले ५६ र रायन बल ५० रन बनाए।

पोखराका विवेक यादवले ३ विकेट लिए।

१८३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनाउँदा वर्षाका कारण खेल रोकियो। पोखराका लागि शहन आराचिगेले ४३ र विवेक यादवले ४१ रन बनाए।

रोकिएको खेल पुनः शुचारु नभएपछि डीएल नियमबाट पोखरा विजयी घोषणा भयो। हारपछि काठमाडौंको प्लेअफ सम्भावना निकै कठिन भएको छ।

पोखरा भने प्लेअफमा पुगिसकेको छ। अब काठमाडौंले प्लेअफ पुग्नका लागि भोलि हुने खेलमा भैरहवालाई हराउनै पर्ने भएको छ। तर, काठमाडौं हारेको अवस्थामा ललितपुर प्लेअफ पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved