सवारी साधनमा पाकेटमारी र चोरी गर्ने २०७ जना पक्राउ

पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिए।

नेपालभ्युज

सवारी साधनमा पाकेटमारी र चोरी गर्ने २०७ जना पक्राउ

काठमाडौं। प्रहरीले सवारी साधनमा पाकेटमारी र चोरी गर्ने २०७ जना व्यक्ति पक्राउ गरेको छ। सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई काठमाडौ प्रहरी परिसरले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ।

पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिए। उनले सार्वजनिक सवारीमा पाकेटमारी र चोरी गर्नेले कोड भाषा प्रयोग गर्ने भएकाले सचेत रहन पनि आग्रह गरे।

पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले चाडवाडमा हुने अपराधिक घटनालाई निरुत्साहित गरिने बताए। उनले अहिले सरकारले सार्वजनिक सवारीको भाडा समायोजन हुनुपर्ने, विभिन्न स्थानका सडक मर्मत गर्नुपर्ने बताए। महासंघले तोकेभन्दा भाडा लिनेलाई कारबाही गर्न आफूले सहयोग गर्ने उनको भनाइ छ।

काठमाडौ प्रहरी परिसरले चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई निरुत्साहित गर्न ३० हजार घरमा जनचेतनामुलक कार्यक्रम पनि गरिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved