उचाइका लागि काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती

चलचित्रका लागि निर्देशक सुरज वर्जत्यसहित उनीहरु सोमबार बिहान इन्डियन एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

नेपालभ्युज

उचाइका लागि काठमाडौं आइपुगे अनुपम, बोमन र परिणिती

काठमाडौं। बलिउड कलाकार अनुपम खेर, बोमन इरानी परिणिती चोपणा र सारिका हसन काठमाडौं आइपुगेका छन्। चलचित्र उचाइको छायांकनका लागि उनीहरु नेपाल आएका हुन्।

चलचित्रका लागि टोली नेपाल आएको अभिनेता खेरले सामाजिक सञ्जालमार्फत भिडिओ राखेर जानकारी दिएका छन्। उनले इन्स्टाग्राममा काठमाडौंको आकासमा खिचिएको एक भिडिओ राखेका छन्।

चलचित्रका लागि निर्देशक सुरज वर्जत्यसहित उनीहरु सोमबार बिहान इन्डियन एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

 

View this post on Instagram

 

A post shared by Anupam Kher (@anupampkher)

टोलीले भोलिदेखि छायांकन शुरु गर्ने जनाएको छ। चलचित्र काठमाडौं, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङलगायत स्थानमा खिचिने बताइएको छ।

फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको पनि अभिनय रहने बताइएको छ। तर, उनीहरु नेपाल भने आएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved