बानेश्वरमा छलफलमा जुटे निधि, सिंह र कोइराला

उपसभापति निधिको निवास मध्यबानेश्वरमा साढे तीन बजेदेखि तीन नेताको बीचमा छलफल शुरु भएको निधिको सचिवालयले जनाएको छ।

नेपालभ्युज

बानेश्वरमा छलफलमा जुटे निधि, सिंह र कोइराला

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाको बीचमा आज पनि पनि छलफल भइरहेको छ।

उपसभापति निधिको निवास मध्यबानेश्वरमा साढे तीन बजेदेखि तीन नेताको बीचमा छलफल शुरु भएको निधिको सचिवालयले जनाएको छ।

यसअघि पनि निधि, सिंह र कोइराला निवासमै यी तीन नेताले पटक पटक बसेर छलफल गरेका थिए।

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै यी नेताहरुको बीचमा छलफलहरु बाक्लो हुन थालेका छन्। यद्यपी, तीनै नेताले आफूलाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन्।

तीनै नेताहरुले यी भेटहरुका बारेमा अहिलेसम्म ठोस रुपमा कुनै सूचना सार्वजनिक नगरे पनि पार्टीको महाधिवेशन नजिकिएकाले आपसी छलफलहरु गरिरहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved