प्रधानन्यायाधीश जबराको प्रष्टीकरण- ‘मन्त्री बनाउने देउवाले हो, मेरो हातमा हुँदैन’

‘मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु।’

नेपालभ्युज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन्।

सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन्।

सर्वोच्च बारका सदस्य विकास भट्टराईका अनुसार जबराले भेटमा भनेका थिए, ‘मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु।’

प्रधानन्यायाधीशले मन्त्रीमा भाग मागेको विषयसम्बन्धी समाचार शनिबार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि बताए।

मन्त्रीमा प्रधानन्यायाधीश जबराले भाग मागेको विषयमा समाचार आएपछि नेपाल बार एसोसिएसनले पनि विज्ञप्ति निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved