५० हजार पुगे टीभीएस एनटर्क प्रयोगकर्ता

एनटर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटर  बनेको दाबी कम्पनीको छ।

नेपालभ्युज

५० हजार पुगे टीभीएस एनटर्क प्रयोगकर्ता

काठमाडौँ। जगदम्बा मोटर्सले एनटर्क प्रयोगकर्ता ५० हजार पुगेका छन्। कम्पनीले आधा लाख प्रयोगकर्ता पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न गरेको छ।

शनिबार नक्सालको टीभीएस शोरुमदेखि धूलिखेलको मिरबेल रिसर्टसम्म र्‍याली आयोजना गरेको हो। राइडरहरूलाई बीचका महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टीभीएस शोरुमले स्वागत गरेका थिए। धूलिखेलमा कलाकार राेजिलन श्रेष्ठको लाइभ म्युजिक, मनोरञ्जनात्मक खेलहरूका साथै सहभागी राइडरसँग अन्तर्क्रियात्मक कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रम सबै एनटर्कलाई एक ठाउँमा जोड्न क्लब गठन गर्नु रहेको कम्पनीले बताएको छ। सबै एनटर्क राइडरलाई एकअर्कासँग जोड्न र आवश्यक परेको खण्डमा एकअर्कालाई जोड्नु रहेको थियो।

जगदम्बाका उपाध्यक्ष दीपक अग्रवालले टीभीएस परिवारमा ५० हजार एनटर्क सदस्य जोडिएको घोषणा गर्न पाउँदा खुशी भएको बताए। युवाहरूको उपस्थितिले उत्साहित बनाएको बताउँदै उनले चालकलाई उच्चस्तरीय सेवा दिन कम्पनी प्रतिवद्ध रहेको बताए।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा बिक्री शुरु गरेको थियो। एनटर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटर  बनेको दाबी कम्पनीको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved