पीएसजी २-० ले पराजित

जारी लिगमा मेस्सीले नयाँ क्लब पीएसजीबाट तीन खेल खेलेपनि हालसम्म गोलको खाता खोल्न सकेका छैनन्।

नेपालभ्युज

पीएसजी २-० ले पराजित
काठमाडौँ। फ्रेन्च लिगको जारी सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो हार बेहोरेको छ।
आइतबार भएको खेलमा पीएसजी रेनेससँग २-० गोलले पराजित भएको हो।
लिओनल मेस्सी, एम्बाप्पे, नेयमार जस्ता स्टार खेलाडी भएको पीएसजीले खेलभरी एउटा पनि ‘शट अन टार्गेट’ बनाउन सकेन। घरेलु मैदानमा रेनेसले खेलको ४५ औँ र ४६ औँ मिनेटमा लगातार गोल गरेको थियो। लिगमा रेनेसको यो तेस्रो जित हो। जितपछि नौ खेलबाट १२ अंक जोडेको रेनेस ११ औँ स्थानमा उक्लेको छ।
लिगको नौ खेलमा पहिलो हारपछि पीएसजी २४ अंकसहित शीर्षस्थानमा कायमै छ। जारी लिगमा मेस्सीले नयाँ क्लब पीएसजीबाट तीन खेल खेलेपनि हालसम्म गोलको खाता खोल्न सकेका छैनन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved