भागबण्डा मिलाउन कार्यदलको बैठक पुन: शुरु

नेपालभ्युज

भागबण्डा मिलाउन कार्यदलको बैठक पुन: शुरु
फाइल फोटो

काठमाडौँ। सत्ता गठबन्धनको पाँच दलीय कार्यदल बैठक पुन: शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालयहरूको भागबण्डा मिलाउन बैठक बसेको हो।

काँग्रेस नेता मिनेन्द्र रिजालले दलहरूलाई मन्त्रालय भाग लगाउने गरी छलफल शुरु  भएको जानकारी दिए। आज बिहान ९ बजेदेखि १२ बजेसम्म पनि कार्यदलको बैठक बसेको थियो।

बैठक साँझ चार बजे बस्ने गरी टुंगिएको थियो। बिहानको बैठक पछि सबै कार्यदल सदस्यहरूले आ-आफ्नो पार्टी नेतृत्वसँग छलफल गरेर फेरि बैठक शुरु भएकोमा आजै मन्त्रालय भागबण्डाबारे अन्तिम निर्णय हुन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको ८२ दिन पुगे पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved