एमाले पदाधिकारी १५ सदस्यीय रहने, लोगो पनि फेरियो

नेपालभ्युज

एमाले पदाधिकारी १५ सदस्यीय रहने, लोगो पनि फेरियो
फाइल तस्वीर

नेकपा (एमाले)ले पार्टी मुख्य निकाय केन्द्रीय पदाधिकारीमा १५ सदस्यीय  राख्ने भएको छ। विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका छन्।

अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५ रहेको छ। यस्तै महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सारिएको छ। यसअघि वरिष्ठ उपाध्यक्ष र उपमहासचिव प्रस्ताव गरिएको थिएन। विधान महाधिवेशनमा सहभागी प्रतिनिधिले दिएको सुझाव अनुसार पदाधिकारीको परिमार्जित प्रस्ताव गरिएको हो।

यस्तै एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड बनाएको छ। ६ बुँदामा मापदण्ड बनाएको छ। नवौँ महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो।

केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ। उपमहासचिव विष्णु पौडेलले भने ‘‘पार्टी कमिटीहरू ठुला र भद्दा भएकाले सङ्गठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको हो।’’
प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिने जनाइको छ।

यस्तै एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ। अबको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ। महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved