काठमाडौँलाई हराउँदै ईपीएलबाट बाहिरयो विराटनगर

काठमाडौँको भने तीन खेलमा दुई अंकसहित अघिल्लो चरणमा पुग्ने आशा कायमै छ। 

नेपालभ्युज

काठमाडौँलाई हराउँदै ईपीएलबाट बाहिरयो विराटनगर

काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा क्रिकेटमा विराटनगर वारियर्सले पहिलो जित हात पारेको छ। लिग चरणबाटै बाहिरिसकेको विराटनगरले अन्तिम खेलमा काठमाडौँ किंग्स इलेभनलाई सात रनले पराजित गर्दै विराटनगरले लिगको अन्त्य गर्‍यो।

वर्षाको कारण मैदान भिजेकाले ढिलो शुरु भएको खेल आठ ओभरमा छोट्याइएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले आठ ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको विशाल योगफल तयार पार्‍यो। विष्फोटक ब्याटिङ गर्दै विराटनगरका अनिल शाहले मात्र १६ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ४५ रन जोडका थिए।

त्यसैगरी अर्का क्यानेडियन ब्याट्स्म्यान रायन पठानले मात्र ११ बलमा ३० रन जोडे।

खेलको अन्तिम ओभरमा विराटनगरले २४ रन जोडेको थियो। जवाफमा १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले आठ ओभरमा तीन विकेट गुमाउँदै मात्र ९७ रन जोड्न सक्यो। काठमाडौँका लागि अफ्गानी ब्याट्स्म्यान रहमनुल्लाले सर्वाधिक २८, सुवाश खकुरेलले २६ र राजु रिजालले २४ रन जोडेका थिए।

यो अन्तिम खेलको जितसँगै सन् २०१७ को विजेता विराटनगरको यो सिजनबाट बाहिरएको छ। काठमाडौँको भने तीन खेलमा दुई अंकसहित अघिल्लो चरणमा पुग्ने आशा कायमै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved