सकियो गठबन्धन बैठक, मन्त्रालय भागबण्डा टुंग्याउन आजै फेरि बस्ने

नेपालभ्युज

सकियो गठबन्धन बैठक, मन्त्रालय भागबण्डा टुंग्याउन आजै फेरि बस्ने
फाइल तस्वीर

काठमाडौं। सता गठबन्धनको कार्यदल बैठक सकिएको छ। बिहान ९ बजेदेखि बालुवाटारमा बसेको बैठक अपराह्न ४ बजे पुन: बस्नेगरी सकिएको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले नेपालभ्यूजलाइ बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको ८२ दिन पुगे पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ।

सत्ता गठबन्धनसम्ब कार्यदल आज बिहान बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे कुराकानी भए दिउँसो पुनः बस्ने बैठकले अन्तिम निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

नेकपा (एस) का नेता पाण्डेका अनुसार गठबन्धनसम्बद्ध दलहरूलाई मन्त्रालय भाग लगाउने गरी छलफल शुरु भएको छ। पहिलो नम्बरमा प्रभावशाली भनिएका मन्त्रालयहरू, दोस्रो विकास सम्बद्ध मन्त्रालयहरू र तेस्रो नागरिकलाई डेलिभर गर्ने मन्त्रालय गरी तीन भागमा बाँडिन लागिएको छ।

कार्यदल सम्बद्ध स्रोतका अनुसार आजै साँझसम्म मन्त्रलाय भागबण्डा टुंग्याउने गरी कार्यदल छलफलमा जुटिरहेको छ। बिहानको बैठकपछि सबै कार्यदल सदस्यहरूले आआफ्नो पार्टी नेतृत्वसँग छलफल गरेर पुनः बस्न लागेका हुन्।

मन्त्रालय भागबण्डा टुंगो लागेलगत्तै दलहरूले मन्त्रीको सूची दिने तयारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved