कांग्रेस नगर अधिवेशन

गोकर्णेश्वरमा लामा, शंखरापुरमा श्रेष्ठ र कागेश्वरी–मनहरामा दाहाल विजयी

नेपालभ्युज

गोकर्णेश्वरमा लामा, शंखरापुरमा श्रेष्ठ र कागेश्वरी–मनहरामा दाहाल विजयी

काठमाडौं। नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्। पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत मात्र पाए। यसैगरी उपसभापतिद्वयमा बटुकृष्ण ढुंगेल (१२०) र विकास श्रेष्ठ (११५) मत प्राप्त गरी निर्वाचित भए।

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भए। सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए। यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन्।

शंखरापुरमा दिलीप श्रेष्ठ

यसैगरी शंखरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए। उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भए।

सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन्। सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन्। नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ।

कागेश्वरी–मनहरामा उद्धव दाहाल

कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved