कांग्रेस तारकेश्वर सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

नेपालभ्युज

कांग्रेस तारकेश्वर सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

काठमाडौं। नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १३५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत पाए।

यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४) मत प्राप्त गरी विजयी भए।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनले १५५ मत पाए पनि उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरे।

यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved