नेपाल–भारत सैन्य तालिम समापन

नेपाल भ्युज

नेपाल–भारत सैन्य तालिम समापन

काठमाडौँ । नेपाल–भारत सेनाबीच भएको १५ औँ ‘सूर्य किरण’ सैन्य तालिम समापन भएको छ। भारतको उत्तराखण्ड पिथौरागढमा १४ दिनसम्म सञ्चालन भएको सैन्य तालिम शनिबार सम्पन्न भएको हो।

गत वर्षका लागि तय भएको यो सैन्य तालिम कोभिड–१९ सक्रमणको महामारीका कारण स्थगित भएको थियो। यो पटको सैन्य तालिम प्रति आतंकवाद र विपत व्यवस्थापनमा केन्दित थियो। तालिमले दुवै देशका सेनाबीच भाइचाराको वातावरण बनाउन सहयोग पुगेको भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सैन्य तालिम समापनको अवसरमा दुवै देशका सेनाहरूले आफूले हाँसिल सैन्य कौशल प्रदर्शन गरेका थिए। यस्तै समारोहमा दुवै देशको परम्परागत झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो। सैन्य तालिमका यही ४ असोजबाट शुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved