एमालेको विधान महाधिवेशन– समूह नेताले सुझाव पेस गर्न थाले

नेपालभ्युज

एमालेको विधान महाधिवेशन– समूह नेताले सुझाव पेस गर्न थाले
फाइल तस्वीर

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ। १० वटा समूहका टोली नेताले आ–आफ्नो समूहको सुझाव र निष्कर्ष मूल बैठकमा राख्न थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। ती प्रस्तावमा विभिन्न १० समूह बनाएर छलफल थालिएको थियो।

शनिबारको बैठकमा सबै समूहले निष्कर्ष सुनाउन भ्याएका छैनन्। बाँकीले आइतबार बिहान सुनाउने छन्। निष्कर्ष सुनाउँदै नेताहरूले एमाले सामूहिक नेतृत्व प्रणालीको पार्टी भएपनि एकल नेतृत्वमा चल्न खोजेको भन्दै आलोचना गरेका छन्। नेतृत्वको स्वेच्छाचारी शैलीका कारण पार्टीमा समस्या आएको र समाधान गर्न नसक्दा विभाजन भएको आरोप लगाएका छन्।

प्रतिनिधिमण्डले पार्टीलाई व्यक्तिवादी भन्दा सङ्गठनात्मक बनाउनुपर्नेमा जोड दिएका बैठकमा सहभागी प्रतिनिधिहरूले बताए। यस्तै उपमहासचिव पद नहटाउन सुझाव समेत दिएका छन्। सुझावका आधारमा आधारमा आइतबार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन्
। बैठक आइतबार सक्ने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved