“मन्त्रिमण्डलले पूर्णता नपाउँदा त्यसको असर चुनावमा पर्छ”

नेपालभ्युज

“मन्त्रिमण्डलले पूर्णता नपाउँदा त्यसको असर चुनावमा पर्छ”

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बनेको लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाउँदा त्यसको असर चुनावमा पर्ने बताएका छन्।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै मन्त्रिमण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ता र दुःखको विषय भएको पनि बताएका हुन्।

यसले सरकारप्रति निराशा बढ्ने खतरा रहेको र देशका लागि चिन्ता र दुःखको विषय भएको निधिको तर्क थियो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र गठबन्धन दलहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन सक्रियता देखाउनुपर्ने धारणा राखे। मलुकमा चुनाव आउन केही समय मात्र बाँकी रहेको अवस्थामा मन्त्रिमण्डलले पूर्णता नपाउनुले त्यसको असर चुनावमा पर्ने उनको भनाइ थियो। निधिले आगामी चुनावमा गठबन्धनस्वरूप र योजना पनि जनतामाझ लानुपर्ने जिकिर गरे।

कांग्रेस जनताले विश्वास गरेको पार्टी भएकाले सरकारमा रहेका बेला जनताको आशालाई निराशामा बदल्न दिन नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved