तेक्वान्दो संघमा प्रकाश शमशेरकै निरन्तरता

राणाले २०७० सालदेखि निरन्तर संघको नेतृत्व गर्दै आएका छन्।

नेपालभ्युज

तेक्वान्दो संघमा प्रकाश शमशेरकै निरन्तरता

काठमाडौं। नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शमशेर राणाले नै निरन्तरता पाएका छन्। लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अधिवेशनबाट राणा सर्वसम्मत चयन भएका हुन्।

राणाले २०७० सालदेखि निरन्तर संघको नेतृत्व गर्दै आएका छन्। उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए।

संघको उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत चयन भए। उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत भएका हुन्। यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी सर्वसम्मत चयन भएका छन्।यसैगरी

सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज बिष्ट र कोशिश खड्का सर्वसम्मत चुनिए।

समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेजिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो। यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो।

अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहको थियो।

२०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघका नाममा स्थापित भएको हो। लामो समय तदर्थ रूपमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक पदाधिकारी चयन गरिएको थियो। यसैगरी संघको २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved