बहुमत ल्याएर कांग्रेसको एकल सरकार बनाउनुपर्छ : डा. महत

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले प्रधानमन्त्रीले कांग्रेसको नीतिअनुसार कदम चाल्न नसकेको बताए। 

नेपालभ्युज

बहुमत ल्याएर कांग्रेसको एकल सरकार बनाउनुपर्छ : डा. महत

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर कांग्रेसको एकल सरकार बनाउनुपर्ने बताएका छन्।

शनिबार बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले प्रधानमन्त्रीले कांग्रेसको नीतिअनुसार कदम चाल्न नसकेको बताए।

उनले अधिक मत पाएको एमाले सरकार सञ्चालन गर्न असक्षम भएपछि संविधान अनुरुप नयाँ सरकार गठन भई अहिलेको सरकारले संविधान अनुरुप राज्य सञ्चालन, लोकतन्त्र र संविधानको रक्षा, कोभिड संक्रमणबाट आमनागिरकलाई मुक्त र पूर्ववर्ती सरकारले खल्बल्याएको वैदेशिक सम्बन्ध सुमधुर बनाउने काम गरी जनहितका काम गरिरहेको बताए।

तथापि, सत्ता साझेदार दलको दबाबका कारण कांग्रेसले लिएको नीति अनुसार काम गर्न नसक्ने बताउँदै उनले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्नका लागि आवश्यक चुनावी तयारी गर्न कार्यकर्तालाई आग्रह गरे।

सहमहामन्त्री डा. महतले पार्टीमा अहिले वैचारिक पक्ष कमजोर हुँदै गएको र त्यसको स्थान व्यक्तिवादी प्रवृत्तिले लिंदै गएकोमा चिन्ता व्यक्त गरे। उनले भने,“व्यक्ति बलियो भएर पार्टी बलियो हुँदैन । पार्टी बलियो भए सबै बलियो हुने हो । पार्टी र संस्थालाई केन्द्रमा राखौ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved