छिन्नभिन्न माओवादी जोड्ने कसरतमा ‘प्रचण्ड’

पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका कुरा गर्न थालेका छन्। जहाँ उनले विगतमा सँगै रहेका र छिन्नभिन्न भएका नेता र पार्टीहरूलाई जोड्ने प्रयत्न गर्नुपर्ने बताएका छन्।

नेपालभ्युज

छिन्नभिन्न माओवादी जोड्ने कसरतमा ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो एउटा कार्यक्रममा विगतमा सँगै रहेका माओवादी नेतासँग दलहरू अब एकै ठाउँमा हुनुपर्ने बताए।

माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षडयन्त्र भइरहेको उनको आशंका थियो। त्यसैले उनले पूर्वमाओवादीहरू अब एक ठाउँमा उभिनुपर्ने बताएका थिए।

प्रचण्डले आज (१६ असोज) त झन् अझ उत्साहित हुँदै पूर्वमाओवादी नेताहरू एक हुने नै बताए। नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै दाहालले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल शुरु नै भइसकेको बताए।

प्रचण्डले जनयुद्ध लडेका सबै नेताहरूले ‘रियलाइज’ गरेपछि अन्तिममा सबै एकै ठाउँमा भेट हुन सक्ने जिकिर गरेका थिए/छन्।

लगत्तै पूर्वमाओवादीका उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने पूर्वमाओवादीहरू एकै ठाउँमा आउने सक्ने सम्भावना भावनात्मक भएको प्रतिक्रिया दिए।

पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको भन्दै अग्रगामी शक्तिहरू प्रतिगमनविरुद्ध एक हुनुपर्ने उनको भनाइ थियो। जुन चुनावी तालमेल मात्र हुन सक्ने उनले बताए।

प्रचण्ड नेतृत्वको माओवादी विभाजित हुनुको मुख्य कारण सैद्धान्तिक र पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर नै थियो। जति पनि पूर्व माओवादी घटक छन् उनीहरूको एउटै मात्र आरोप प्रचण्डले ‘क्रान्तिलाई धोका दिए’ भन्ने नै थियो।

छिन्नभिन्न माओवादी

शान्ति प्रक्रियादेखि अहिलेसम्म आइपुग्दा माओवादी आन्दोलनबाट आएकाहरू विभाजित छन्। कतिपयले अलग पार्टीको नेतृत्व गरिरहेका छन् त कतिपय अन्य पार्टीमा समाहित भएका छन्।

नेकपा एमालेसँग एकता गरेपछि फेरि पूर्ववतः अवस्था पार्टी फर्किनुपर्दा माओवादीका धेरै नेताहरू एमालेमै रहे। रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरीलगायत केही नेता माओवादीमा फर्किएनन्।

प्रचण्ड नेतृत्वको माओवादी विभाजित हुनुको मुख्य कारण सैद्धान्तिक र पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर नै थियो। जति पनि पूर्व माओवादी घटक छन् उनीहरूको एउटै मात्र आरोप प्रचण्डले ‘क्रान्तिलाई धोका दिए’ भन्ने नै थियो।

तर चोइटिएकाहरू पनि अस्तित्व धान्नेमै सीमित अवस्थामा छन्। नेतृत्वको अहंले त्यो वास्तविकता स्वीकार गर्न नसके पनि सबैको हालत दयनीय हुँदै गएको छ। ती घटकहरू राष्ट्रिय राजनीतिमा कमजोर सावित भइसकेका छन्। उनीहरूले फुटको औचित्य पनि पुष्टि गर्न सकेका छैनन्।

माओवादी जनयुद्ध र त्यसको जगमा प्राप्त उपलब्धि गुम्ने खतरा स्वयं माओवादी घटकका नेताहरूले बताउँदै आएका छन्। तर पनि पूर्वमाओवादी घटकहरू एकता हुन सक्ने आधार देखिँदैन। तर पूर्वमाओवादीबाट चोइटिएका घटकहरूलाई एक ठाउँमा गोलबन्द गर्ने प्रयत्न भने प्रचण्डले गरिरहेका छन्।

साँच्चै भएको छ त एकता प्रयास?

प्रचण्डले पूर्वमाओवादीहरू एक हुनुपर्ने यस्तो भाषणा बेलाबेलामा गरिरहन्छन्। संविधान जारी भएयता पूर्वमाओवादी एकता हुनुपर्नेमा जोड दिँदै आएका उनले विभिन्न अस्तित्वमा खुम्चिरहेका पूर्वमाओवादी नेताहरूलाई एक ठाउँमा ल्याउन सक्ने गरी एउटा पनि पहल गरेका छैनन्, भाषणबाहेक।

त त यस खालको कतैबाट वार्ता र यसखाले औपचारिक प्रयास नै थालेका छन्। तर वार्ताका लागि अनौपाचिरक वार्ताहरू भने भइरहेका छन्। माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रचण्डनिकट नेता चक्रपाणि खनाल ‘बलदेव’ पूर्वमाओवादीबीच पार्टी एकताको प्रयास भइरहेको पनि एकताको आधार भने तय नभएको बताए।
बाबुराम भट्टराईबाहेक अन्य नेताहरू भने एकताका पक्षमा रहेका उनले दाबी पनि गरे। भने, “तर एकताको आधार भने फेला परिनसकेको छैन।”

अर्का नेता तथा माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेल पनि पूर्वमाओवादी घटकबीच एकताका लागि वार्ता भइरहेको स्विकार गर्छन्। “पूर्वमाओवादीबीच एकताको वार्ता भइरहेको छ,” उनले भने, “पहिले कार्यगत एकताको हिसाबले कुरा भइरहेको थियो, कार्यगत एकतासँगै पार्टी एकताको विषयमा पनि छलफल चलिरहेको छ।”

माओवादी नेताहरूका अनुसार पार्टी एकताका लागि मोहन वैद्य, नेत्रविक्रम चन्द, विश्वभक्त दुलाललगायत नेताहरूसँग वार्ता भइरहेको छ। बाबुराम भट्टराईसँग पनि एकताको प्रयास भए पनि उनी यसको पक्षमा नदेखिएका माओवादी नेताहरूले बताउने गरेका छन्।

“एकताका लागि भएको वार्तालाई हेर्ने हो भने बाबुरामजीबाहेक अन्यसँग वातावरण बनिरहेको छ,” प्रचण्डनिकट नेता खनालले भने, “बाबुरामजी विचारका हिसाबले पनि पूर्वमाओवादीहरू एक ठाँउमा हुनुपर्छ भन्ने देखिँदैनन्।”

पूर्वमाओवादीबाट चोइटिएकामध्ये उनै भट्टराईले बाहेक अधिकांश नेताहरूले सैद्धान्तिक विचार त्यागेका छैनन्। नेकपा माओवादी क्रान्तिकारीका स्थायी समिति सीपी गजुरेल भने तत्काल प्रचण्डसँग एकताको सम्भावना नरहेको बताउँछन्। उनले एकताका लागि औचापरिक वार्ता पनि नभएको बताउँछन्। “प्रचण्डले वार्ता–वार्ता भनको सुनिन्छ, तर वार्ताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव आएको छैन”, उनले भने, “पार्टी एकताभन्दा पनि कार्यगत एकताको रुपमा भने जान सकिन्छ।”

वैद्यको पार्टी नेकपा माओवादी क्रान्तिकारीले भने कार्यगत एकताको लागि पनि प्रचण्डको कार्यशैली परिवर्तन हुनुपर्ने शर्त राखेको छ। अहिले माओवादी केन्द्र सरकारमा छ। तर सरकार छोडेर पुनः जनता र जनजीविकाका सवालमा आउँछन् भने कार्यगत एकताको पहिलो आधार बन्न सक्ने माओवादी क्रान्तिकारीका नेता गजुरेलको भनाइ छ।

पूर्वमाओवादी को कहाँ ?

बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ २०५२ सालबाट शुरु भएको माओवादी जनयुद्ध २०६३ सालमा भएको शान्ति सम्झौतासँगै अन्त्य भयो। तर यसको १५ वर्षभित्र माओवादीले तीन पटक सरकारमा जाने मौका पायो।

माओवादी नेताहरूका अनुसार पार्टी एकताका लागि मोहन वैद्य, नेत्रविक्रम चन्द, विश्वभक्त दुलाललगायत नेताहरूसँग वार्ता भइरहेको छ। बाबुराम भट्टराईसँग पनि एकताको प्रयास भए पनि उनी यसको पक्षमा नदेखिएका माओवादी नेताहरूले बताउने गरेका छन्।

त्यसपछि यताका हरेक सरकारमा उसको सहभागिता छ। तर यो अवधिसम्म आइपुग्दा माओवादी पाँच वटा चिरामा विभक्त छ। प्रचण्डले माओवादीको विरासतको नेतृत्व गरिरहेका छन्।

पूर्वमाओवादीबाट २०६९ सालमा मोहन वैद्य नेतृत्वमा नेकपा माओवादी क्रान्तिकारी बन्यो। सो पार्टीभित्र पनि अन्तर्संघर्ष बढेपछि नेत्रविक्रम चन्दले पार्टी विभाजन गर्दै अहिले नेकपाको नेतृत्व गरिरहेका छन्।

विप्लवको नेतृत्वमा पार्टी विभाजन भएपछि वैद्यसँग रहेका रामबहादुर थापा ‘बादल’ प्रचण्ड भएकै ठाउँमा फर्किए। माओवादीमा आएपछि एमाले र माओवादीबीच एकता भयो। सर्वोच अदालतको आदेशसँगै माओवादी र एमाले पूर्ववत् दलको हैसियतमा फर्किएपछि बादल एमालेमै छन्।

संविधान जारी भएपछि बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरे। पछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्दै अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन्।

अर्कोतर्फ गोपाल किराँती र विश्वभक्त दुलालले भिन्न–भिन्न दलको हैसियतमा राजनीति गरिरहेका छन् भने लोकेन्द्र विष्ट सक्रिय राजनीति छोडेर कृषि पेशामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved