अख्तियारविरुद्ध जसपाले मसाल जुलुस निकाल्ने

नेपालभ्युज

अख्तियारविरुद्ध जसपाले मसाल जुलुस निकाल्ने

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गर्ने भएको छ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जसपाले प्रदर्शन गर्ने भएको हो। अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले छापा मारिएको जसपाको आरोप छ।

शनिबार प्रदेशका जिल्ला सदरमुकामहरूमा मसाल जुलुस प्रदर्शन जसपाको प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।
साथै आइतबार बृहत् विरोध प्रदर्शन गरिने जसपा प्रदेशका मुख्य सचिव शम्भु झाद्वारा  जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मुख्यमन्त्री कार्यालयमा बुधबार अख्तियारको टोलीले छापा मारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved