साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी शुरुवात, नेपालले कस्तो खेल्ला ?

नेपालभ्युज

साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी शुरुवात, नेपालले कस्तो खेल्ला ?

काठमाडौं। दक्षिण एसियाली देशहरूको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करणमा बंगलादेशले विजयी शुरुवात गरेको छ। शुक्रबार भएको पहिलो खेलमा श्रीलंकालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको हो।

यी दुई टोलीबीचको पहिलो हाफ बराबरीमा सकिएको सकिएको थियो। खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा बङ्गलादेशले गोल गर्‍यो। बंगालादेशका लागि तोपु बर्मनले पेनाल्टीमार्फत गोल गरे।

दोस्रो खेलमा नेपाल र आयोजक मालदिभ्स खेल्दैछन्।  नेपाल र मालदिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। साफमा नेपालसहित आयोजक मालदिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved