एमाले विधान महाधिवेशनमा छलफलको लागि १० समूह

नेपालभ्युज

एमाले विधान महाधिवेशनमा छलफलको लागि १० समूह
फाइल तस्वीर

काठामाडौँ। नेकपा (एमाले)को विधान महाधिवेशनमा प्रस्ताव भएका प्रतिवेदनहरूमाथि शनिवार समूहगत छलफल हुने छ। समूहगत छलफलको निष्कर्ष शनिवारकै मूल बैठकमा टोली नेताले सुनाउनेछन्।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा वितरण भएका तीनवटैै प्रस्तावमा छलफल गर्न १० वटा समूह गठन गरिएको छ।  अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले साङ्गठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। समूह छलफलमा सोही प्रस्तावमाथि प्रतिनिधिहरूले धारणा राख्नेछन्। सबै समूहलाई बिहान ८ बजे आउन भनिएको छ। ४ घण्टा छलफलपछि मूल बैठक बस्नेछ।

समूह १ को को अध्यक्षता देवराज घिमिरे, २ को अध्यक्षता ज्वाला साहले गर्नेछिन्। यस्तै ३ को अध्यक्षताको जिम्मा आनन्द पोखरेले पाएका छन् भने समूह ४ को अध्यक्षता जगत् विश्वकर्माले पाएका छन्।

समूह ५ को सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले दुवैले गर्नेछन्। यस्तै समूह ६ को  गोरखबहादुर बोगटी अध्यक्ष छन्। यसै गरी उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरूका प्रतिनिधिहरूको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछिन्।  यता जनवर्गीय सङ्गठनहरूबाट आएका प्रतिनिधिहरूको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved