ईपीएल

चितवनको लगातार तेस्रो जित, पोखरामाथि ९ विकेटको जित

नेपालभ्युज

चितवनको लगातार तेस्रो जित, पोखरामाथि ९ विकेटको जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले लगातार तेस्रो जित हात पारेको छ। शुक्रबार भएको दोस्रो खेलमा चितवनले पोखरा राइनोर्जलाई ९ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा सात विकेट गुमाएर १ सय २३ रन बनाउन सक्यो। उसका लागि विवेक यादवले सर्वाधिक ५३ रन जोड्दा असेला गुनरत्नेले २५ र रिचार्ड लेबीले २० रनको योगदान दिए।

जवाफमा १ सय २४ रनको सहज लक्ष्य चितवनले २० बल खेल्नुअघि मात्र १ विकेटको नोक्सानीमा पूरा गर्‍यो। चितवनका ओपनर इसान पाण्डे शून्य रनमा आउट भए। यसपछि अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शेहजाद र भीम सार्कीले दोस्रो विकेटका लागि १ सय २२ रनको अविजित साझेदारी गर्दै चितवनको जित पक्का गरे।

मोहम्मदले ६३ र सार्कीले ५४ रन बनाए। यो लगातारको तेस्रो जितपछि ६ अंकसहित चितवन लिगको शीर्ष स्थानमा उक्लिएको छ।  पोखराको तीन खेलबाट तीन अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved