कांग्रेस काठमाडौं नगर अधिवेशन: उम्मेदवारको तयारी तीव्र

नेपालभ्युज

कांग्रेस काठमाडौं नगर अधिवेशन: उम्मेदवारको तयारी तीव्र

काठमाडौं । शनिबार हुने नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनमा उम्मेदवारको तयारी तीव्र भएको छ।

शुक्रबार काठमाडौं उपत्यका विभिन्न स्थानमा अधिवेशनका लागि कांग्रेसका स्थानीय नेताहरुले अधिवेशनको तयारी गरेका हुन्। कांग्रेसभित्रका विभिन्न पक्षका नेताहरुले शनिबार हुने अधिवेशनका लागि उम्मेद्वारी दिने तयारी गरेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडाधिवेशन सम्पन्न भएका जिल्लाका पालिका एवम् नगर अधिवेशन ९ असोजमा गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते शनिबार हुन लागेको हो।

१० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved