कोरोना अपडेट

थप १३ जना कोरोना संक्रमितको मृत्यु, १ हजार ६६ जनामा संक्रमण

नेपालभ्युज

थप १३ जना कोरोना संक्रमितको मृत्यु, १ हजार ६६ जनामा संक्रमण

काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १० हजार १ सय १३ पीसीआर परीक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय ५५ एन्टीजेन परीक्षणका क्रममा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ८७ हजार ६ सय ८० पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार १ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै थप ९ सय ३८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६६ हजार ६ सय ९६ जना निको भएका छन्। हाल मुलुकभर १८ हजार १ सय १५ सक्रिय संक्रमित आइसोलेशन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved