काठमाडौं। संसद् विघटन गलत भनी विज्ञप्ति निकालेका ४ पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले पूर्वप्रधान्यायाधीशहरु सुशीला कार्की, कल्याण श्रेष्ण, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई शुक्रबार सफाइ दिएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भनी पूर्वप्रधानन्यायाधीशहरूले पुस २४ गते संयुक्त विज्ञप्ति निकालेका थिए।
उक्त विज्ञप्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय धनजीत बस्नेत र मीनबहादुर रायमाझीले सोही वर्ष माघ १४ गते रिट दायर गरेका थिए। उक्त मुद्दामा चारै पूर्व प्रधानन्यायाधीशले फागुन ३ गते लिखित जवाफ दिएका थिए।
०७७ एमएस ००१९ नम्बरको उक्त मुद्दामा मागदाबी नपुग्ने भन्दै शुक्रबारको इजलासले उनीहरूलाई सफाइ दिने निर्णय गरेको हो।