जनहितका योजना अघि बढाउन राष्ट्रपतिको सुझाव

नेपालभ्युज

जनहितका योजना अघि बढाउन राष्ट्रपतिको सुझाव
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिएकी छन्।

शुक्रबार काठमाडौंमा जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामार्थ्य आकलन गरी जनहितका योजना अघि बढाउन सुुझाव दिएकी हुन्।

देशभित्र अवसर नपाई विदेशिन बाध्य युवाका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्न जोड दिनुपर्ने उनले बताइन्। उनले मुलुक रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै उनले जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुराउनुपर्ने धारणा राखिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved