‘स्वस्थ हुन दैनिक कम्तीमा १० पटक हाँसौँ’

‘‘पुरुषहरू कम हाँस्ने भएकाले महिलाको तुलनामा पाँच देखि सात वर्ष कम बाँच्ने गरेका छन्।”

नेपालभ्युज

‘स्वस्थ हुन दैनिक कम्तीमा १० पटक हाँसौँ’
सांकेतिक तस्वीर

काठमाडौं। आज १ अक्टोबर अर्थात् विश्व मुस्कान दिवस।

वर्चेस्टरका कलाकार हार्बे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे। धेरैको ध्यान उक्त अभिनयले तान्यो। समयक्रमसँगै उनमा मुस्कानको भूगोल, राजनीति, जात र धर्म नहुने भएकाले मुस्कान सबैलाई बाँड्नुपर्छ भन्ने विचार आयो र सन् १९९९ मा पहिलोपटक विश्व मुस्कान दिवसको घोषणा गरे। त्यसयता हरेक वर्ष अक्टाेबरको पहिलो शुक्रबार विश्व मुस्कान दिवस मनाइँदै आएको छ।

उनको सम्झनामा स्थापित ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले सन् २००१ देखि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मुस्कान दिवस मनाउने गरेको छ।

मुस्कुराउनु खुशी हुनु हो, सुखको अभिव्यक्ति हो। मुस्कानले अरुसँग घुलमिल हुन पनि सहज बनाउँछ।

तर यति मात्रै होइन। खुलेर हाँस्नु स्वास्थ्यका दुष्टिकोणले पनि राम्रो मानिने विज्ञहरू बताउँछन्। हाँसोले भित्री भावनालाई पनि दर्शाउने काम गर्छ।

योगगुरु डा. योगी विकाशानन्द भन्छन्, ‘‘संसारमा हास्न र रुन सक्ने प्राणी मानिस हो। तनावग्रस्त भएर मर्ने प्राणी पनि मानिस नै हो। हाँसोलाई मानव स्वास्थ्यको पूर्वाधार पनि भनिन्छ, मानिसले सास फेरेन भने मर्छ। त्यसैगरी हाँसेन भने मनको खुशी रित्तिदै जान्छ।”

‘‘हाँसो मानसिक र शरीरिक स्वास्थ्यसँग सम्बन्धित कुरा हो, खुशीलाई व्यक्त गर्ने मानिस हाँस्ने गर्छ,” उनले भने, ‘‘हाँसोले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, नहाँस्ने मानिस रोगी बन्दै जान्छ।”

मानसिक स्वास्थ्यका हिसाबले नहाँस्नु भनेको मनोरोगको संकेत भएको उनले बताए।

डा. योगीकाअनुसार शरीरिक रूपमा स्वस्थ हुनका लागि मानिसले दैनिक १० देखि २० पटक सम्म दिल खोलेर हाँस्नुपर्छ।

अध्ययनले बढी हाँस्ने मानिस बढी बाँच्ने र नहाँस्ने चाहिँ कम बाच्ने प्रमाणित भइसकेको उनले बताए। उनले भने ‘‘पुरुषहरू कम हाँस्ने भएकाले महिलाको तुलनामा पाँच देखि सात वर्ष कम बाँच्ने गरेका छन्।”

स्वास्थ्य, सामाजिक र व्यवसायीक पक्षलाई पनि फाइदा पुर्‍याउने भएकाले हाँसो सञ्जीवनीसरह रहेको उनी बताउँछन्।

मुस्कुराउनुका केही फाइदा

अवस्था राम्रो बनाउँछ।

रक्तचाप घटाउँछ।

तनावबाट राहत दिन्छ।

सकारात्मक उर्जाको विकास गर्छ।

सम्बन्ध राम्रो बनाउँछ।

प्रतिरक्षा प्रणाली बढाउँछ।

दुखाई कम गर्छ।

आयु बढाउँछ।

सफल नेतृत्वशक्तिको विकाश गराउँछ।

सामाजिक र व्यवसायीक जीवन सफल बनाउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved