यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालभ्युज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ। सरकारले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटीओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णयसमेत गरेको बताए।

उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको समेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved