अब सरकारी अस्पतालमा मात्र कोरोनाको उपचार

नेपालभ्युज

अब सरकारी अस्पतालमा मात्र कोरोनाको उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड– १९ को संक्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ। कोरोना सङक्रमण घट्दै गइरहेको भन्दै निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने भएको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजसम्ममा भर्ना भइ उपचाररत संक्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ। मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन्।

यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेकोभन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ।

सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० रुपैयाँ तोको छ। मध्यम बिरामीका लागि सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved