घट्यो शेयर बजार : ३ अर्ब ७० करोडमा खुम्चियो कारोबार

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजार ३२ दशमलव ५१ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक २ हजार ६३३ दशमलव ४२ अंकमा झरेको हो।

विगत केही सातादेखि शेयर बजारमा व्यापक उतारचढाव आउँदै गएपछि कारोबार पनि निरन्तर घट्दै गएको छ। आज ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको ७३ लाख २१ हजार ०१४ कित्ता शेयर करोबार भएको छ। मंगलबार ५ अर्ब २८ करोड रुपैयाँको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर कारोबार भएको थियो।

आज म्युचिअल फण्ड, व्यापार र अन्य तीन ओटा समूहको मात्रै शेयर मूल्य बढेकोमा बाँकी १० ओटा समूहको शेयर घटेको छ।

आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ। यसैगरी सर्वाधिक गुडवील  माइक्रोफाइनान्सको शेयर ६ दशमलव ८६ अंकले घटेको छ।

विगत दुई सातायता उतारचढावकाबीच घट्दै गएको नेप्से परिसूचक बुधबार ५० अंकले बढको थियो। साताको अन्तिम कारोबार दिन परिसूचक पुनस् घटेपछि लगानीकर्तामा अन्योल थपिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved