भदौमा मात्र हराए ४ सय २३ बालबालिका

भदौमा मात्र देशभर चार सय २३ बालिबालिका हराएर उजुरी परेको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ। जसमा दुई सय ५३ जना फेला पारी परिवारसँग पुनर्मिलन गराएको र एक सय ७० जनाको खोजी भइरहेको छ।

नेपालभ्युज

भदौमा मात्र हराए ४ सय २३ बालबालिका
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंबाट हराएर चार वर्षीय बालक भारतको बिहारमा फेला परे। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा फेला परेका हुन्।

अहिले पियुस परिवारको सम्पर्कमा छन्। उनलाई आज काठमाडौं ल्याउन लागिएको परिवार स्रोतले जनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए।

बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ। बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद टायलको काम गर्छन्।

यसरी बालबालिका हराउनेमा पियुस प्रतिनिधि पात्र मात्र हुन्। भदौमा मात्र देशभर चार सय २३ बालिबालिका हराएर उजुरी परेको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ। जसमा दुई सय ५३ जना फेला पारी परिवारसँग पुनर्मिलन गराएको र एक सय ७० जनाको खोजी भइरहेको छ।

त्यस्तै साउनमा दुई सय ९४ जना बालबालिका हराएको उजुरी परेकामा एक सय ५५ जना बालबालिकालाई फेला पारी परिवारसँग भेटाइएको परिषद्ले जनाएको छ। एक सय ३९ जना बालबालिकालाई खोजी भएकोमा भदौमा ५७ जना भेटिएका थिए।

०७६/७७ मा २ हजार ७ सय २९ जना (आठ सय ३१ बालक र एक हजार ८ सय ९८ बालिका) बेपत्ता भएका परिषद्को तथ्यांकमा उल्लेख छ। जसमा २ हजार २ सय १९ जना (६ सय ९० बालक र १ हजार ५ सय २९ बालिका) फेला परेका थिए।

०७५/७६ मा ३ हजार ४ सय २२ जना (१ हजार ५१ बालक र २ हजार ३ सय ७१ बालिका) हराएकामा २ हजार ५ सय ४० जना (८ सय २५ बालक र १ हजार ७ सय १५ जना बालिका) भेटिएका थिए।

०७४/७५ मा २ हजार ३ सय ३० जना (९ सय २३ बालक, १ हजार ४ सय ७ बालिका) हराएकामा १ हजार १७ जना (४ सय ७ बालक र ६ सय १० बालिका) भेटिएका थिए।
०७३/७४ मा २ हजार ७ सय ७२ जना (१ हजार ४७ बालक र १ हजार ७ सय २४ बालिका) हराएका थिए। जसमा ७ सय २० जना (३ सय ५३ बालक र ३ सय ६७ बालिका) भेटिएका थिए।

त्यस्तै ०७२/७३ मा १ हजार ५ सय २ जना (६ सय बालक र ९०२ बालिका) हराएका थिए। जसमा ४ सय ८ जना (२ सय ३ बालक र २ सय ५ बालिका) फेला परेका परिषद्को तथ्यांकले देखाउँछ।

परिषद्को तथ्यांकअनुसार ०७१/७२ मा ७ सय ८६ जना (४ सय ४४ बालिका र ३ सय ४२ बालक) बेपत्ता भएका थिए। जसमा ३ सय ९ जना (१ सय ६७ बालक र १ सय ४२ बालिका) भेटिएका थिए।

बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्न बालबालिका समन्वय केन्द्र नम्बर १०४ सेवा सातै प्रदेशमा सञ्चालनमा छ। बालबालिका हराएको उजुरी परेपछि प्रहरी र बालबालिका खोजतलास केन्द्रको समन्वयमा काम गरिरहेको परिषद्ले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved