ईपीएल

काठमाडौंमाथि चितवनको रोमाञ्चक जित, सागरले लिए ४ विकेट

नेपालभ्युज

काठमाडौंमाथि चितवनको रोमाञ्चक जित, सागरले लिए ४ विकेट
काठमाडौंविरुद्ध ४ विकेट लिएका सागर ढकाल आजको खेलमा म्यान अफ द म्याच भएका छन्।

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौं किंग्स इलेभेनमाथि तीन विकेटको रोमाञ्चक जित हात निकालेको छ। लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्ष स्थानमा उक्लिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पूरा ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन, राजु रिजालले २८ रन, जनक प्रकाशले २६ रन बनाए।

बलिङतर्फ चितवनका सागर ढकाल एक्लैले ४ विकेट लिए। १ सय ४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा भेट्टायो। उसले सात विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो। चितवनका राजेश पुलामीले २६, दिलिप नाथ र कमल ऐरीले समान २३/२३ रन बनाए।

काठमाडौंको भने यो पहिलो हार हो।

४ विकेट लिएका चितवनका ढकाल म्यान अफ द म्याच घोषित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved