पञ्जावका पूर्वमुख्यमन्त्री सिंहले छाडे कांग्रेस

पार्टीभित्रको विवादका कारण पञ्जावको मुख्यमन्त्री पद गुमाएपछि सिंहले आफू अब पार्टीमा नरहने बताएका हुन्।

नेपालभ्युज

पञ्जावका पूर्वमुख्यमन्त्री सिंहले छाडे कांग्रेस

काठमाडौं। भारतीय कांग्रेसका नेता तथा पञ्जावका पूर्वमूख्यमन्त्री अमरिन्दर सिंहले आफू पार्टीमा नरहने घोषणा गरेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बढेपछि उनले आफू पार्टीमा नरहने प्रष्ट पारेका हुन्।

एक भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै सिंहले आफू कांग्रेसमा पनि नरहने र अन्य पार्टीमा पनि नजाने बताए। पार्टीभित्रको विवादका कारण पञ्जावको मुख्यमन्त्री पद गुमाएपछि उनले आफू अब पार्टीमा नरहने बताएका हुन्।

यसअघि, मुख्यमन्त्री पद गुमेपछि उनी भारतीय जनता पार्टीमा जाने चर्चा चुलिएको थियो। तर, बुधबार भारतीय गृहमन्त्री अमित शाह र बिहीबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटपछि यस्तो बयान दिएका हुन्।

पञ्जाव कांग्रेसमा अहिले उनी र नवजोत सिंह सिद्धुबीच द्वन्द्व चलिरहेको छ। पञ्जाव कांग्रेसका अध्यक्ष रहेका सिद्धु र सिंहबीच आपसी समन्वयको अभाव भएपछि पञ्जाव कांग्रेसमा आन्तरिक विवादले उग्र रुप लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved