अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि

नेपालभ्युज

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ।

अपराह्न १ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्मेलनको उद्घाटन गर्दै छन्।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनले संगठनको नयाँ नेतृत्व चयन गर्ने छ। अहिले रञ्जित तामाङ संगठनको अध्यक्ष छन्। नयाँ नेतृत्वको लागि संगठनभित्र पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारीलगायत आकांक्षी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved