सर्वदलीय बैठकलगत्तै बालुवाटार पुगे विष्णु पौडेल

पौडेलसँगै बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरुको प्रतिनिधि समूह बालुवाटार पुगेको थियो।

नेपालभ्युज

सर्वदलीय बैठकलगत्तै बालुवाटार पुगे विष्णु पौडेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले देउवालाई भेटेका हुन्।

एमालेले आज बिहान देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो। बैठकमा अनुपस्थित रहे पनि बैठकलगत्तै उपमहासचिव पौडेल एउटा समूहको नेतृत्व गर्दै बालुवाटार पुगेका थिए।

पौडेलसँगै बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरुको प्रतिनिधि समूह बालुवाटार पुगेको थियो।

पौडेल नेतृत्वको प्रतिनिधि समूहले बुटवलको ज्योतीनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved