सकियो सर्वदलीय बैठक

एमाले संवादबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप

बैठकमा एमाले अध्यक्ष केपी ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर एमालेसँगै राप्रपा पनि बैठकमा सहभागी भएन।

नेपाल भ्यूज

एमाले संवादबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगै राप्रपा पनि सहभागी भएन।

बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्तावाट भाग्न खोजेको निष्कर्ष आफुहरुले निकालेको बताए। “यसअघि सभामुखले बोलाएको बैठकमा पनि एमाले आएन”, कार्कीले भने, “आजको बैठकले उहाँहरु संवाद र वार्तावाट भागिरहेको निष्कर्ष निकालेको छ।”

प्रधानमन्त्री देउवाले एमालेले अवरोध गरिरहेको संसद बैठक शुचारु गराउने बारेमा छलफल गर्न बिहीवार बिहान सर्वदलीय बैठक डाकेका थिए। बैठकमा एमाले अध्यक्ष केपी ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर एमालेसँगै राप्रपा पनि बैठकमा सहभागी भएन।

प्रधानमन्त्री देउवाले पुनः बैठक गरेर एमालेसँग छलफल गरिने गठबन्धन बैठकमा बताएको कानुनमन्त्री कार्कीले जानकारी दिए।

एमालेले भने सरकारले अध्यादेश ल्याएर आफनो पार्टी फुटाएको र आफूहरुले कारबाही गरेको सांसदलाई सभामुखले निलम्बन नगरेको भन्दै संसद् बैठक लगातार अवरुद्ध गर्दै आइरहेको छ। आज दिउँसो पनि संसद बैठक बस्दैछ।

सर्वदलीय बैठकमा प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved