घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ तोकिएको छ।

नेपालभ्युज

घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम गरिएको छ, जुन बुधबार प्रतितोला ८८ हजार ४५० मा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved