ईपीएलमा आज दुई खेल हुँदै

विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने ईपीएल क्रिकेटमा ६ शहरका फ्रेन्चाइज टिम सहभागी छन्।

नेपालभ्युज

ईपीएलमा आज दुई खेल हुँदै
फाइल तस्वीर

काठमाडौं। काठमाडौंमा जारी फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा बिहान साढे नौ बजे दुईबीचको खेल हुँदैछ।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा दोस्रो जितका लागि मैदान उत्रँदैछ। उता सोमपाल कामीको कप्तानी रहेको चितवन पनि दोस्रो जितको खोजी छ।

आजको दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। भैरहवा र ललितपुर बीचको खेल दिउँसो साढे एक बजे शुरु हुनेछ ।

विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने ईपीएल क्रिकेटमा ६ शहरका फ्रेन्चाइज टिम सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved