च्याम्पियन्स लिगमा रोनाल्डोले बनाए नयाँ रेकर्ड

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

नेपालभ्युज

च्याम्पियन्स लिगमा रोनाल्डोले बनाए नयाँ रेकर्ड

काठमाडौं। पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबल करियरका दौरान विभिन्न रेकर्डहरु बनाएका छन्। यसैबीच उनले च्याम्पियन्स लिगमा पनि नयाँ रेकर्ड बनाएका छन्।

सिरी ए क्लब युभेन्टसबाट यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

गएराति भएको भिल्लारियल विरुद्धको खेलमार्फत उनले नयाँ रेकर्ड बनाएका हुन्। उक्त खेल रोनाल्डोले च्याम्पियन्स लिगमा खेलेको १७८ औँ खेल थियो।

यससँगै रोनाल्डोले रियल मड्रिडका पूर्वसहकर्मी इकर क्यासिलासको कीर्तिमान तोडेका छन् । रियलका पूर्व गोलकिपर इकरले च्याम्पियन्स लिगमा १७७ खेल खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved