स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भए माधव नेपाल

नेपालभ्युज

स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भए माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

ज्वरो र खोकीको समस्याका कारण आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नेपाल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ। नेपालको उपचारका लागि अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली खटिएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरा सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ। तत्कालका लागि भेटघाटका कार्यक्रमहरु बन्द गरिएको सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved