“पार्टीप्रति भरोसा जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ”

नेपाल भ्युज

“पार्टीप्रति भरोसा जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ”

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

बुधबार नेपाली कांग्रेस काठमाडौं ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाइ बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको र यसले पार्टीको मौलिक सिद्धान्तलाई असर गरिरहेको भन्दै नेतृत्व परिवर्तन हुनुपर्ने बताएका हुन्।

पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै आफूहरूले त्यसो हुन नदिने पनि उनले बताए। पदमा जान तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पारेको उनको भनाइ थियो।

लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको र पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उनको बताए।

त्यस्तै उनले आगामी महाधिवेशनमा नेतृत्वको विषयमा छलफल भइरहेको र प्रतिस्पर्धा पनि हुने देखिएको भन्दै आफू पनि नेतृत्वका लागि तयार रहेको धारणा राखे।आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई उनले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved