दीपक विष्ट ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित

नेपाल भ्यूज

दीपक विष्ट ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । तेक्वान्दो स्टार दीपक विष्ट ओलम्पियन्स संघको अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्य रविराज थापालाई पराजित गरे।

निर्वाचनमा ५९ जना ओलम्पियनहरूले मतदान गरेका थिए। त्यसैगरी तेक्वान्दोकै अर्की पूर्वखेलाडी संगीना वैद्य पनि संघको उपाध्यक्षमा निर्वाचित भएकी छन्। नेपालबाट ओलम्पिकमा छनोट खेलमार्फत सहभागिता जनाउने रेकर्ड यी दुईको नाममा मात्र छ।

साथै विष्ट दक्षिण एशियाली खेल सागमा लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved