युट्युब च्यानलबाट महिलाको चरित्र हत्या गर्ने चार जना पक्राउ

नेपालभ्युज

युट्युब च्यानलबाट महिलाको चरित्र हत्या गर्ने चार जना पक्राउ

काठमाडौं। युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गर्ने भिडिओ बनाई प्रशारण गर्ने चार जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

तुलसीपुर नगरपालिका दाङ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ बर्से प्रदीप भण्डारी, नुवाकोट सूर्यगढी नगरपालिका घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षका शिशिर अधिकारी, मोरङ बेलबारी नगरपालिका घर भई काठमाडौं पेप्सीकोला बस्ने ३५ वर्षकी पिंकला कार्की र दोलखा मेलुङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षका रोधन तामाङ पक्राउ गरेका हुन्।

उनीहरूलाई आज सीआईबीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूले महिलाहरूको तस्वीरसहित चरित्र हत्या हुने खालको भिडिओ सार्वजनिक गरी महिलाहरूको चरित्रमा आँच आउने सामग्री प्रशारण गरेको सीआईबीले जनाएको छ।

उनीहरूले विद्युतीय कारोबार, ऐन २०६३ अनुसार कसूर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved